उदार चित्त (लघुकथा)
डा. श्यामप्रसाद न्याैपाने
जिम्माल बा कहाँ निकै धुमधामसँग यज्ञ भइरहेकाे थियाे । सप्ताह यज्ञकाे आज साङ्गता । निम्तालुहरूकाे निकै भिडभाड थियाे । निम्तालुहरू एकापसमा खासखुस कुराकानी गरिरहेका थिए ।
“आहा ! कति भव्य यज्ञ । निकै खर्च गर्नुभएछ जिम्माल बाले । एक जना निम्तारुले भने ।
हाे त नि । धर्मकर्म भनेपछि त जिम्माल बा हुरुक्कै हुनुहुन्छ । छाती फुकाएर खर्च गर्नुभएछ ।” तारिखाेले कान्छाले भने । मान्छेले उहाँकाे मन जानेकै रहेनछन्, उहाँलाई चिनेकै रहेनछन् । व्यर्थमा कञ्जुसकाे संज्ञा दिएका रहेछन् । उहाँ त यति उदार चित्तकाे मान्छे पाे हुनुहुँदाे रहेछ ।” पडकाङे काहिंलाले आफ्नाे विचार राखे ।
“बूढाले परत्रकाे लागि खर्च गरेछन्” धेरैका मनमा यस्ताे विचार आयाे ।
“मान्छे अरूसँग नडराए पनि ईश्वरसँग त डराउँदाे रहेछ ।” निम्तालुहरूमध्ये धेरैले साेचे ।
यज्ञमा त्यति ठूलाे खर्च त भएकाे थिएन तर मानिसहरू जिम्माल बाकाे बानी देखेर यतिसम्म खर्च गर्लान् भन्ने साेचेका पनि थिएनन् ।
पूजा लगभग लगभग सिद्धिएकाे थियाे । पण्डितजीले “लाै अब धुपबत्ती नैवेद्य गर्नुपर्याे”भने ।
भित्रबाट काेइला ल्याएर धुपाैराेमा खन्याइयाे । धुप गर्न भनी जिम्माल बाका छाेराले सालकाे पातमा ग्वाम्म घ्यू के झिकेका थिए जिम्माल बाले देखिहाले अनि हत्त न पत्त धुप गर्न लागेकाे हात समाते । घ्यू रहेकाे पात आफूतिर ताने । अनि छाेरालाई सम्झाउँदै भने- “अलि ठिक्क ठिक्क धुप गर । धेरै धुवाँले देवताका आँखा पिरा हुन्छन् , थाहा छैन ?”