कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, रुकुमका कामी र जाजरकोटकि शाहको ईन्ट्रि

everest kitchen

सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रले २ मन्त्री फिर्ता बोलाएको छ । माओवादीले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो ।

प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ । उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ ।

शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार सरकारलाई समावेशी बनाउन
मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिएकी छन् ।