महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग भएको उक्त बेसमेन्ट खालि गरिएको हो ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

काठमाडौं महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ।

घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो।