प्रवासीसंग डाक्टर: नाक, कान, घाँटीको समस्या ख्याल नगरे गम्भीर परिणाम आउन सक्छ

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला सम्पन्न गरेको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर सुभाष देवकोटाले सो सम्बन्धि स्वास्थ्य परामर्श दिएका थिए ।

नाक कान घाँटीको समस्या सास फेर्न गाह्रो हुने, नाक बन्द हुने, नाक बाट पानी जाने, नाकको अथवा छालाको एलर्जी, कान पाक्ने, दुख्ने, कान पाक्ने पिप बग्ने, त्यसैगरि घाटी दुख्ने, खसखसाउने आदी नाक, कान र घाटीका समस्या हुन् । यस्ता समस्या सुरुमा सामान्य लागेपनि यसको अन्तिम परिणाम भने भम्भिर हुने कुरा कार्यक्रममा सहभागीलाई डाक्टर देवकोटाले जानकारी दिएका थिए ।

डा. देवकोटाका अनुसार समयमा यस्ता समस्याको उपचार नगरेमा क्यान्सर समेत हुन सक्दछ । पछिल्लो समयको प्रदूषण तथा मानिसको जीवन शैलीमा आएको परिवर्तनले पनि यस्ता समस्याहरू निम्त्याईरहेकोले समयमा नै उपचार गर्नु आवश्यक रहेको उनले बताए ।

नाक, कान र घाँटीको स्वास्थ्य समस्याबाट बच्न उपाय समस्याबाट बच्न धुवा,धुलो र चिसोबाट बच्नुका साथै खानपिन तथा सरसफाइमा ध्यानदिन डाक्टर देवकोटाले विभिन्न सुझाव दिएका थिए ।कार्यक्रमको दोस्रो चरणमा सहभागीहरुले नाक, कान घाटी सम्बन्धि समस्या तथा जिज्ञासा राखेका थिए भने डाक्टर देवकोटाले सहभागीका समस्या तथा जिज्ञासाको बारे समाधानको उपाय र परामर्श प्रदान गरेका थिए ।

कार्यक्रमलाई पीएनसीसीको आईएलओ कार्यक्रम संयोजक भरत नेपालले सञ्चालन गरेका थिए भने कार्यक्रममा मलेसिया तथा खाडी र विभिन्न देशमा रहेका थुप्रै प्रवासी नेसहभागिता रहेको थियो ।

पीएनसीसीले लामो समयदेखि “प्रवासीसंग डाक्टर” नामक स्वास्थ्य सचेतना मुलक कार्यक्रम तथा वैदेशिक रोजगारीको क्रममा हुने विभिन्न समस्या समाधान र सहायता उपलब्ध गराउदै आएको छ ।