१० बर्षपछि देखि मलेसियामा रहेका बिरामी भिमबहादुर खत्रीको उद्धार

everest kitchen

मलेसिया । मलेसियामा बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सिरिजङ्घा-१ ताप्लेजुङका भिम बहादुर खत्रीलाई अगष्ट २७ तारीख नेपाल फर्काईएको हो ।

खत्रीलाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को पहलमा र विभिन्न संघ -संस्था तथा उनका साथीहरूको सहयोगमा नेपाल फर्काइएको हो । १० बर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएका खत्री ८ बर्ष पहिले देखि अवैधानिकरुपमा सेक्युरिटी काम गर्दै आएका थिए ।

भिमबहादुर दुई महिना पहिले काम गर्ने क्रममा उच्च रक्त चापको कारण बिरामी परेका थिए । अगष्ट ४ तारिख पीएनसीसी मलेसियाको सम्पर्कमा आएका उनलाई थप उपचारमा सहजता होस भनेर नेपाल फर्काउन पहल गरिएको प्रवासी नेपाली समन्वय समिति मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।

नेपाली राजदुतावास मलेसियाबाट अगष्ट ८ तारीखमा अनुमतिपत्र लिई २५ तारिखमा अध्यागमन जरिवाना तिरिएको थियो । अध्यागमन जरिवाना ३१ सय रिंगेर खत्रीको साथीहरुले चन्दा संकलन गरेका थिए भने हवाई टिकेट अन्तराष्ट्रिय नेपाली समाज मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले व्यवस्थापन गरेका थिए ।

पीएनसीसीको सम्पर्कमा आएपछि खानपिन र हेरचाह समाजसेवी मिलन लिम्बुले गरेको थिए । साथै लिम्बुले नै मलेसियाको एयरपोर्ट सम्म पुय्राएका थिए भने नेपालमा पीएनसीसीले खत्रीलाई सेल्टर हाउसमा राखी आफन्तको जिम्मा लगाउने तयारी गरिरहेको पीएनसीसी मलेसियाका स्वयंसेवक पुर्ण लिम्बुले जानकारी दिए ।