पहिरोमा पुरिएर रुकुममा आमाछोरीको मृत्यु

everest kitchen

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १४ पिपलचौरमा आईतवार आएको पहिरोमा जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमाछोरी पुरिएका थिए ।

छेपारे सामुदायिक वन समुहको भवनमा ओत लागेर वसेका जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमा छोरीलाई आज दिउँशो पहिरोले पुरेको थियो ।

पहिरोमा पुरिएरकि ३० वर्षिय बालमती राना र उनकी २ वर्षिया छोरी प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिरोमा पुरिएर बालमतीकी अर्की छोरी ७ वर्षिया तिर्सना राना भने घाइते भएकी छन् ।

तीनै आमा छोरीलाई प्रहरीले साढे ४ बजेतिर जिवितै उद्धार गरेको भएपनि बालमती र प्रतिक्षालाई अचेत अवस्था र तिर्सनालाई भने बोल्न सक्ने अवस्थामा उद्धार गरी जाजरकोट जिल्ला अस्पताल पठाइएको थियो । अस्पतालका डाक्टरहरुले बालमती र प्रतिक्षालाई चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।