कर्णालीमा माओवादी दुई मन्त्रीको आज शपथ

everest kitchen

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन ।

सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् । रुकुमका कामी प्रत्येक्ष निर्वाचित माओवादी सांसद हुन भने जाजरकोटकी शाह समानुपातिक सांसद हुन ।

माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ ।