चलखेल – राजन ग्याल्दाङ घले

everest kitchen

लघुकथा- चलखेल

राजन ग्याल्दाङ घले
भदौ एक गते नतिजा प्रकाशन मिति तोक्दै साउन एक गते जिल्लाले टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डरमा दर्जनौ ठेकेदार तथा ठेकेदार कम्पनीहरूले बोलपत्र पेश गरियो ।

दर्जन ठेकेदार र ठेकेदार कम्पनीहरू मध्ये उत्कृष्ट काम गरे बापत सम्मानित भएका र काम अलपत्र छोडेर ब्लक सूचीमा परेका समेत सामेल थियो ।

अन्तिम नतिजामा ब्लक सूचीमा परेका “गुणस्तरमा नम्बर वान ठेकेदार कम्पनी”को नाम निस्क्यो ।
टेन्डर “ गुणस्तरमा नम्बर वान ठेकेदार कम्पनी “ ले हात परेकोमा अरू ठेकेदार र कम्पनीहरू छक्क परे ।