” युनियन लाइफ इन्स्योरेन्सद्धारा आठ लाख रुपैयाँ बीमा दाबी भुक्तानी”

everest kitchen

राजु क्षत्री अपुरो
पोखरा । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेम्जा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

हेम्जा शाखाले शाखामा बीमा गरेका दिल बहादुर सार्कीको परिवारलाई ८ लाख ४०हजार ८ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले भदाै १७ गते एक कार्यक्रमका बीच मृतकको श्रीमती बसन्ती सार्की लाई चेक हस्तान्तरण गरेको हो ।

५३ वर्षका मृतक दिल बहादुर सार्की २०७८ फाल्गुन ०६गते आफ्नै घरमा हृदयघातका कारण उनको मृत्यु भएको थियो । मृतकले २०७७ साल भदौ १८ गते युनियन लाईफ इन्स्योरेन्स हेम्जा शाखाबाट ८ लाख रुपैयाँको सावधिक जीवन बिमा पोलिसि लिएका थिए ।

जस बापत उनले पहिलो वर्ष ५६,६५६ र दोस्रो वर्ष पनि ५६,६५६ गरि २ किस्ता गरि १,१५,३१२ रुपैयाँ किस्ता बुझाएका थिए । दुर्घटनाबाट मृत्यु भएकाले दुर्घटना मृत्यु बापतको सुविधा रकम, विमांक रकम र बोनस रकम सहित ८ लाख ४० हजार ८ सय रुपैया उनको परिवारले क्षतिपुर्ति बापत प्राप्त गरेको छ भने यो भुक्तानी हेम्जा शाखाकाे पहिलाे रहेको जानकारी कर्मचारी निर्मल श्रेष्ठले जानकारी दिए ।

कम्पनीले एक कार्यक्रम बीच कम्पनीका तर्फ बाट गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश घमला,सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना,एजेन्सी म्यानेजर बाबुराम भण्डारी ,सुशील श्रेष्ठ,अभिकर्ता यशाेदा सापकाेटा र हेम्जा शाखा प्रमुख शिराेधर पाैडेल(सागर) काे उपस्थिति मा चेक हस्तान्तरण गरिएकाे थियाे। (सुशील श्रेष्ठको सहयोगमा)