सरकारको होसियारीले देश श्रीलंका हुनबाट जोगियो : अर्थमन्त्री शर्मा

everest kitchen

da

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको बताएका छन् । सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट रोकिएको उनले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको बताएका हुन ।

तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि उल्लेख गरे ।

चाडपर्वको समय आएकाले रेमिटेन्स थपिने र खर्च पनि बढ्ने अनुमान गर्दै तरलताको समस्या केही हदसम्म कायमै रहे पनि यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा सरकारले ध्यान दिएको उनले बताए ।