जेवीन युनिम्याप मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ७ स्वर्ण

everest kitchen

मलेसिया । जेवीन युनिम्याप मलेसिया ओपन ईन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण प्राप्त भएको छ । मलेसियामा सेप्टेम्बर २ देखि ४ सम्म चलेको उक्त प्रतियोगितामा नेपालले तेक्वान्दोमा ७ स्वर्ण प्राप्त गरेको हो ।

नेपाली खेलाडी रोशन खानले ५० वर्षमुनिको पूम्सेतर्फ एक स्वर्णपदक जितेका छन भने जैनब खातुनले १८ वर्षमाथि पियर पूम्से र एकलतर्फ गरि २ स्वर्ण जितेका छन् । उनले क्वाटरफाइनल र सेमीफाइनलमा भारतलाई पराजित गरेका थिए भने फाइनलमा मलेसियालाई पराजित गर्दै दुई स्वर्णपदक हात पारेका छन् ।

त्यसैगरि आशिष सुवेदीले फाइनलमा जापानलाई पराजित गर्दै स्वर्णपदक जित्न सफल भएका छन भने मुहम्मद उमर खानले पियर पूम्सेमा स्वर्णपदक जित सफल भएकाछन ।

फाइटिङ ६७ केजीतर्फ अब्बास खानले क्वाटरफाइनलमा भारतलाई पराजित गर्दै सेमीफाइनलमा ब्राजिल र फाइनलमा मलेसियालाई पराजित गरे स्वर्णपदक हात पारेका थिए ।

साथै ५८ केजीतर्फ मनोज श्रेष्ठले क्वाटरफाइनलमा भारतलाई पराजित गर्दै सेमीफाइनलमा मलेसिया र फाइनलमा इन्डोसियालाई पराजित गर्दै स्वर्णपदक जितेका छन् ।

प्रतियोगितामा नेपालको तर्फबाट अफिसियलमा भिम मोक्तान रहेका थिए भने हेड अफ टिमको रुपमा पूर्व तेक्वान्दो खेलाडी सन्तोष भट्ट सहभागि भएका थिए ।

रोजगारको शिलशिलामा मलेसियामा रहेका नेपाली खेलाडीहरु खेलमा सहभागी भएका थिए । मलेसिया, ईन्डोनेसिया, थाईल्याण्ड, सिंगापुर लगायतका देशमा हुने विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा मलेसियामा रहेका नेपालीहरुले आफ्नै खर्चमा सहभागी भई खेल खेल्दै आएका छन् ।