माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनाव लक्षित “क्रान्तिकारी फोर्स”

everest kitchen

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने गरि ‘क्रान्तिकारी फोर्स’ गर्न लागिएको हो।

भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।