हामी प्रजा हैनौ चेपाङ हौं, गोबिन्द राम चेपाङ

everest kitchen

भरतपुर । संविधान सभा सदस्य गोबिन्द राम चेपाङले चेपाङ समुदाय प्रजा नभई चेपाङ मात्रै रहेको बताएका छन । चितवनको भरतपुर स्थित चेतना भिलेजमा आज सम्पन्न चेपाङ जातिको महान पर्व छोनाम न्वाङगी को अवसरमा उनले यस्तो बताएका हुन ।

वि.सं. २०३६ साल भन्दा पहिले हामी चेपाङ नै रहेको थियो । तत्कालीन सामन्ती सत्ताधारीहरुले हामिलाई प्रजा मात्रै नभई रैती बनाएर दमन गरेको र चेपाङ लाई लोप नै गराउने खेल खेलेको उनलेे जिकिर गरे । चेपाङ ले पछिल्लो समय गृहमन्त्रालयले जारी गरेको सुचना अनुसार जति पनि चेपाङ समुदायको नामको पछाडि लेखिएको प्रजालाई सच्याउदै चेपाङ बनाउन मुख्य मन्त्रीसँग अनुरोधसमेत गरेका छन।

त्यसै गरि न्वाङगी पर्वमा बर्ष भरी उब्जाएको अन्न बाली भित्र्याउने,चेपाङ धामी अर्थात पान्दे बाट आशीर्वाद लिने,पित्री चडाउने ईष्ट मित्र भेटघाट भइ रमझम गर्ने गरेको नेता चेपाङले बताएको छ भने भदौ २२ मा चेपाङ बसोबास गर्ने ३ जिल्ला मकवानपुर,धादिङ र चितवन जिल्लामा बिदा दिएकोमा बागमती प्रदेश सरकार लाई धन्यवाद दिएका थिए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे,राज्य मन्त्री सन्त बहादुर चेपाङ लगायत थुप्रै चेपाङ नेताहरुको उपस्थिति रहेको थियो।