श्रम स्वीकृति सहजिकरणका लागि मलेसियामा पीएनसीसीले स्वयंसेवक परिचालन गर्यो

everest kitchen

मलेसिया । अनलाईन पुःन श्रम स्वीकृति सहजिकरण गर्नका लागि मलेसियामा प्रवासी समन्वय समिति (पीएनसीसी)ले स्वयंसेवक परिचालन गरेको छ ।

वैदेशिक रोजगार बिभागले श्रमिकको सामाजिक सुरक्षा जोखिम न्यूनिकरण गर्न वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गर्ने र आवधिक वीमा रकम बुझाई अनलाईन मार्फत पुःन श्रम स्वीकृति लिन सकिने व्यवस्था भए बमोजिम अनलाईन प्रकृयाबाट पुःन श्रम स्वीकृति लिन असमर्थ मलेसियामा कार्यरत श्रमिकको सहायताका लागि संस्थाले स्वयंसेवक परिचालन गरेको हो ।

संस्थाले मलेसियाको प्रमुख तीन सहरमा स्वयंसेवक परिचालन गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुर, पेनाङ र जोहोरबारुमा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

क्वालालम्पुर एरियाको लागि जागी धन गुरुङ, जोहोरबारुका लागि सुरेन्द्र महतो र पेनाङको लागि सुरेश कुमार देवकोटालाई स्वयंसेवकको रुपमा परिचालन गरिएको छ ।