वैदेशिक रोजगार मंच लाहाचोकको मासिक भेला सम्पन्न

everest kitchen

पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको नियमित मासिक भेला सम्पन्न भएको छ। मिटिङ्ग जुम प्रविधि बाट सम्पन्न भएको हो।

भेलामा प्रमुख अतिथीको रूपमा माछापुच्छ्रे गाउँपालिका -४ लाहाचोक कास्कीका नव निर्वाचित वडाध्यक्ष श्री मधुसुदन अधिकारीलाई निमन्त्रणा गरिएको थियो।

मंचका गतिविधी एवम् भावी रणनितीका बारेमा प्रवक्ता कवि क्षेत्री (माल्दिप्स)ले प्रकाश पारेका थिए । गाउँका गतिविधीबारे वडाध्यक्षसँग क्रमश: सचिव पुष्पराज अधिकारी (दुबई ), सह सचिव इन्द्र प्रसाद अधिकारी (अस्टे्रलिया ) , उपाध्यक्ष चन्द्र नेपाली (बहराइन ) , कोषाध्यक्ष लवि क्षेत्री ( साउदी), सह- कोषाध्यक्ष शुसिल श्रेष्ठ ( नेपाल), सल्लाहकार प्रेम क्षत्री (बहराइन),सदस्य भिष्म रानाभाट (मलेसिया )ले आ- आफ्नो जिज्ञासा राखेका थिए ।

वडाध्यक्षले वैदेशिक रोजगार मञ्चका प्राय: गतिविधिबाट आफु जानकार रहेको र आज आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएकोमा खुशी व्यक्त गरे। उनले वक्ताहरूले राखेका जिज्ञासाहरूलाई आत्मसात गरेको र आफू अब गाउँको हितमा काम गर्न लागीपर्ने बताए।

सभापतिको आसन बाट जनप्रतिनिधीसँग प्रत्यक्ष यसरी भेला राख्दा , भ्रम दुर हुने , आपसी समझदारी बढ्ने साथै भविष्यमा हुने विकासका कार्यमा पनि टेवा पुग्ने मंचका अध्यक्ष राजु क्षत्री( मलेसिया )ले बताए। कार्यक्रमको संचालन सगुन अधिकारी (अस्ट्रेलिया) ले गरेका थिए।
(राजु क्षत्री अपुरो बाट)