तामाङ घेदुङ मलेसियाको १७ औं वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न: अध्यक्षमा मिलन थिङ

everest kitchen

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको १७ औँ वार्षिकोत्सब तथा महाअधिवेशन सम्पन्न भएको छ ।मलेसियाको क्वालालम्पुरमा सम्पन्न महाधिवेशनले मिलन थिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

अबको दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिती अध्यक्षमा मिलन थिङ तामाङ, वरिष्ठ उपाध्यक्षमा बिक्रम वाइबा तामाङ, उपाध्यक्षमा छेवाङ पाख्रीन तामाङ, महिला उपाध्यक्षमा साइली थिङ सन्जान, महासचिब भुवन वाइबा तामाङ, सचिब सुमन पख्रीन तामाङ, कोषाध्यक्ष कमल थीङ तामाङ, सह-कोषाध्यक्ष युनिक योन्जन तामाङ, निर्वाचित भएका छन ।

त्यस्तै कार्यसमिती सदस्यहरु क्रमश राम बहादुर गोले तामाङ, दिपक थिङ तामाङ, हरि बहादुर तितुङ, सोम लाल तामाङ, सम्झना मोक्तान तामाङ रहेका छन ।

यस्तै, नेपाल तामाङ घेदुङ संरक्षकहरुमा पासाङ पाख्रीन तामाङ, दिपक तामाङ बोम्जन लामा गुरु रन्जित योन्जन तामाङ, तम्ब तथा डम्फुरे, कृष्ण मोक्तान तामाङ रहेका छन । सल्लाहकार समितिमा प्रमुख सल्लाहकार जगत दोङ तामाङ, सल्लाहकारहरु मिलन दोङ तामाङ, श्याम थिङ तामाङ, भोज दोङ तामाङ, नवराज रुम्बा तामाङलाई चयन गरिएको छ ।

साथै महाधिवेशनले प्रमुख सांस्कृतिक बिभाग प्रमुखमा ज्ञान बहादुर तामाङ र सुशासन तथा अनुसन्धान बिभागमा छबिलाल बोम्जनलाई समेत चयन गरेको छ ।