ऊ नुनको जोहोगर्न शहर छिरेको थियो

everest kitchen

जुनु घिमिरे
ऊ नुनको जोहोगर्न शहर छिरेको थियो
तर आजपनि यही शहरमा छ
सुनको जोहोमा
कति फरक छ हिजो र आजमा
हिजो नुनका लागी उ
शहरका गल्ली गल्ली छिरेको थियो
आज सुनका लागी उस्लाई कतै जानैपर्दैन
सबै बाटहरु मिलाएको छ उस्ले
कति फरक छ सुन र नुनको जोहोगर्न यो शहरमा
नुनका लागी मान्छे मर्नुपर्छ
सुनका लागी मान्छे मार्नुपर्छ
उ हिजो मरेको थियो
त्यसैले आज उ अरुलाई मार्दैछ
यो नुन खोज्ने हरुको शहर
सुन कमाउनेहरुको शहरमा
कसैले बाँच्न कसैले मर्नुपर्ने रहेछ

नुनले उस्को पहिलेनै भारी पुग्यो
त्यसैले एकदिन उ सुनको पनि भारी पुर्‍याएर
फर्कन चाहान्छ
तर कता फर्कने हो
गाउँ या परलोक त्यो उसैले जानोस् ।