आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आगामी भदौ ३१ गते तदअनुसार १६ सेप्टेम्बर २०२२ शुक्रबार  कार्यक्रम हुने लागेको हो  । कार्यक्रम नेपालको समय अनुसार साँझको ठिक ७:३० बजेबाट  सुरु हुने  बताएको छ ।

कार्यक्रममा बिमा सम्बन्धि निति, बिमाको महत्त्व, वैदेशिक रोजगारीको अवस्थामा बिमाले समेट्ने क्षेत्र, सेवा लिन अपनाउनुपर्ने आवश्यक प्रक्रिया बारे परामर्श दिईने पीएनसीसीको आईएलओ कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए ।

कार्यक्रममा बिमा समितिका उपनिर्देशक निर्मल अधिकारीले परामर्श दिनेछन् । कार्यक्रममा सहभागी हुन जुम आईडी 2897414063 र Passcode: pncc को प्रयोग गरी कार्यक्रममा सहभागी हुनुपर्नेछ ।