त्रिवेणी गाउँपालिकाले वडा वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने

everest kitchen
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम )

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज ५ देखि प्रत्येक वडामा एकदिने सेवा शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा व्यवसाय दर्ता, व्यवसाय नवीकरण, व्यवसाय ईजाजतपत्र, योजना सम्झौता, अपांग परिचयपत्र, विभिन्न सिफारिस तथा विषयगत शाखाबाट उपलब्ध हुने सेवाहरु समेत उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । अधिकृत घर्तीका अनुसार, शिविरमा सामान्य स्वास्थ्य परिक्षण, कृषि तथा पशु सेवा लगायतका सेवाहरुसमेत प्रदान गरिनेछ छ ।

गाउँपालिकाले असोज ५ गतेदेखि असोज १४ गतेसम्म क्रमशः १०, ९, ८, ७, ६, ३, ४, ५, १, २ नम्बर वडामा शिविर सञ्चालन गर्ने भएको हो ।