जवानी

everest kitchen

गजल

जुनु घिमिरे
मेरा यि जवानीले कतै घात गर्योभने
नभन्नु है धोखेबाज यतै रात पर्योभने

मायामा हुन्न अरे लाज घिन केहि पनि
जवानीको बेतावमा अघि हात सर्योभने ।

म त हुँ तिम्रो कृष्ण तिमी मेरी राधा प्यारी
नदुखाउँनु चित्त रुकमिणिमा बात टर्योभने

मनमा प्रेमको आबेग सल्बलाउन थालेपछि
तिमीमा पोखिने छु जवानीले मात छर्योभने

हुन्न अरे पिरतिमा केहि पनि असम्भव
अचम्म नमान्नु दुईबाट एउटा खाट झर्योभने