आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा योजना: अंगभंग देखि मृत्युसम्म कस्ता छन् प्रक्रिया?

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिमा सम्बन्धि निति, बिमाको महत्त्व, वैदेशिक रोजगारीको अवस्थामा बिमाले समेट्ने क्षेत्र, सेवा लिन अपनाउनुपर्ने आवश्यक प्रक्रिया बारे परामर्श दिईएको पीएनसीसीको आईएलओ कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए । कार्यक्रममा बिमा समितिका उपनिर्देशक निर्मल अधिकारीले परामर्श दिएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार मृत्यु भएमा दस लाख र पूर्ण रुपमा अशक्त भएमा दस लाख सम्म बिमा रकम उपलब्ध हुदै आएको छ भने विभिन्न अंगभंग भएमा अवस्था अनुसार बिमा रकम उपलब्ध हुदै आएको छ ।

बीमाबाट वैदेशिक रोजगारका कामदारले पाउने रकमहरुमा जीवन बीमा वापत : रु. १० लाख, बीमितको आयको नोक्सानी वापत : रु. २ लाख, क्रिया खर्च बापत : रु १ लाख, औषधी उपचार खर्च बापत : रु १ लाखसम्म, शव ल्याउन खर्च बापत : रु. १ लाख, घातक रोग बापत : रु ५ लाख पाउनेछन् । सो अनुसार उल्लेखित प्रक्रियामा पर्ने कामदारले अधिकतम रु २० लाखसम्म रकम प्राप्त गर्न सक्छन् ।

म्यादी जीवनबीमाका लागि समितिले श्रमिकको उमेरअनुसार छुट्टाछुट्टै दररेट तोकेको छ । १८ देखि ३५ वर्ष, ३६ देखि ५० वर्ष र ५१ देखि ६४ वर्षको उमेर समूह तय गरेर समितिले १ देखि ६.५ वर्षसम्मको शुल्क निर्धारण गरेको छ । ६४ वर्ष भन्दा माथिको हकमा भने बीमाशुल्क निर्धारण गरिएको छैन । तर त्यस्ता व्यक्तिको बीमा गर्न चाहने बीमकले ५१ देखि ६४ वर्षको उमेर समूहको भन्दा ५० प्रतिशत भन्दा बढी शुल्क लिन पाउने छैन ।

म्यादी बीमाको बीमांक १० लाख रुपैंया तोकिएको छ । साथै, वार्षिक अतिरिक्त रु ४०० तिर्नेलाई यो योजनामा ५ लाख रुपैंया बराबरको घातक रोगको उपचार बीमा समेत समावेश गरिको छ ।

बिमा दाबी गर्दा तल उल्लेखित प्रक्रिया अपनाउनुपर्छ:

यो बारे थप जान्नको लागि पिएनसीसी भर्चुअल कार्यक्रमको तलको भिडियो हेर्नुहोस् ।

https://fb.watch/fB0BYbzkhN/