एक वर्षछि नेपाली राजदुतावास मलेसियामा राजदूतको आगमन

everest kitchen
फोटो : हेमराज सापकोटाको फेसबुक

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसिया पुगेका छन। पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो ।

मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल शुक्रवार मलेसिया पुगेका हुन ।

मलेसिया पुगेका नवनियुक्त राजदुत पौडेललाई,नेपाली राजदुतावास मलेसिया, एनआरएनए मलेसिया र नेपाली संघ-सँस्थाहरुका प्रतिनिधिहरुले क्वालालम्पुर विमानस्थलमा स्वागत गरेका छन् ।

केही दिनमा मलेसियामा राजदुत पौडेलले राजा अब्दुल्लाह समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने बताएको छ ।

यसअघिका मलेसियाका लागि नेपालको आवासीय राजदूतका रुपमा रहेका उदयराज पाण्डे करिब १ बर्षअघि नेपाल फिर्ता हुने भएका हुन । चार वर्षे कार्यकाल अगावै सरकारले फिर्ता बोलाएपछि पाण्डे गत बर्षको कार्तिकमा स्वदेश फर्किएका थिए । पाण्डे नेपाल फर्किएको लामो समयपछि नवनियुक्त राजदुत पौडेल मलेसिया पुगेका छन ।