मलेसियामा कम्पनी तथा प्रहरी प्रशासनले अपमान गरे के गर्ने?

everest kitchen

मलेसिया । मलेसियामा सेप्टेम्बर २५ तारिखमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को आयोजनामा वैदेशिक रोजगारीमा रहेका विदेशी नागरिकहरुले अपनाउनु पर्ने सावधानी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सहजिकरण मलेसियन कानुन व्यवसायी अधिवक्ता सिआर सिल्भाले गरेका थिए । मलेसियामा वैदेशिक रोजगारीमा रहेका बिदेशी नागरिकहरुलाई खानपिन, स्वास्थ जीवनयापन, कम्पनी तथा प्रहरी प्रसाशनले अन्याय र अपमान गरे आफ्नो दुतावासलाई खवर गर्नुपर्ने अधिवक्ता सिल्भाले सुझाए ।

यस्तै, तलव सम्बन्धि समस्या परेमा लेवर कोर्टमा उजुरी गर्नु पर्ने र कम्पनीले अपमान गरेको अवस्थामा तथा काम बाट बन्चित गरेमा इन्डस्ट्रियल कोर्टमा उजुरी गर्नुपर्नेसमेत उनले सुझाए ।

मलेसियामा रहेका नेपालीहरुलाई विभिन्न कानुनी सहायता तथा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पीएनसीसी मलेसिया संयोजक मछिन्द्रनाथ चापागाईले बताए ।

कार्यक्रममा मलेसिया स्थित विभिन्न कृयाशिल संघसंस्थाको प्रतिनिधि तथा नेपाली श्रमिकहरुको उल्लेखनीय उपस्थित थियो ।