गठबन्धन बिदेशीबाट परिचालित एउटा जमात हो : नेता बर्तौला

everest kitchen

हेटौंडा । एमाले बागमती प्रदेश कमिटी उप-सचिव महेश बर्तौलाले अहिले एमाले विरुद्ध लागि रहेको गठबन्धन बिदेशीबाट परिचालित एउटा जमात रहेको बताएका छन् । नेकपा एमाले राक्सिराङ गाउँ कमिटिद्वारा आयोजित चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका उनले यस्तो बताएका हुन ।

एमाले अध्यक्ष केपि शर्मा ओलिले राष्ट्रहितमा गरेको काम देखेर बिदेशी सेटिङमा बनेको सरकारको अहिले प्रहरी प्रशासन मात्रै नभई अदालत पनि बिदेशी सेटिङमा चलाउन लागि परिरहेको बर्तौलाले आरोप लगाए । बैशाख ३० गते सम्पन्न स्थानीय चुनाबमा एमालेले प्रतिनिधि छनौटमा केही कमिकम्जोर गरे पनि अब त्यस्तो गल्ती नदोहोर्‍याने र अब पार्टिलाई मज्बुद बनाएर देश एमालेमय बनाउदै ओलिको सरकार बन्ने उनले बताए ।

गाउँ कमिटी अध्यक्ष रोहन लामा सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरुमा बागमती प्रदेश कमिटी सदस्य एक राज उप्रेती, ईन्द्रमान स्याङ्तान,जिल्ला कमिटी उपाध्यक्ष लाल बहादुर थापा,जिल्ला कमिटी सदस्यहरु बाबुलाल स्याङ्तान,सिंगलाल प्रजा, रिटर्नी फेडेरेसन बागमती प्रदेश कमिटी उपाध्यक्ष राम चन्द्र लोप्चन लगायत थुप्रै नेताहरु उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रम गाउँ कमिटी सचीव दिनेश प्रजाले संचालन गरेका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष लामाले अब आउने चुनावमा एमाले जिताउन गाउँ कमिटीले गर्नु पर्ने काममा कुनै कसुर बाँकी नराख्ने बताए।