विदेशबाट फर्किँदा के-के ल्याउन पाइन्छ ?

everest kitchen

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किदा कुनकुन सामग्री ल्याउन पाइन्छ भनेर सरकारले केहीमा कर छुट र केहीमा भन्सार लगाउने गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान लगायत भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।

साथै उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि।
शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी। सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रूपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना। ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान। बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान। पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान । खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा । सात किलोग्रामसम्म खाद्य परिकार। मदिरा एक लिटरसम्मको एक बोतल।