कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल

everest kitchen

काठमाडौं । काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप/आइल्यान्डमा यस्तो बत्ती जडान गरेको हो ।

सडकको बीचमा रहेका आइल्यान्डमा राखिएका पोलमा १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरिएको छ । यसले गर्दा कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा यस्ता बत्ती जडान गरिएपछि रातिको समयमा सो सडकखण्ड चित्ताकर्षक बनेको छ । यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न सकिनेछ । घटस्थापनाको दिन पारेर प्राधिकरणले सोमबार रातिदेखि यी बत्ती बाल्न थालेको हो । यो कारोबार राजधानी दैनिकमा छ ।