त्रिवेणी गाउँपालिकाको घुम्ती शिविरमा ३ हजार ९०६ सेवा प्रवाह

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा विभिन्न सेवासहितको सञ्चालन गरेको घुम्ती शिविर सम्पन्न भएको छ । । गाउँपालिकाले असोज ५ देखि प्रत्येक वडामा एकदिने सेवा शिविर सञ्चालन गरेकोमा वडा नं. २ मा सेवा प्रवाहसँगै शिविर सकिएको हो ।

शिविरमा त्रिवेणी गाउँपालिकाका १० वडाका ३ हजार ९०६ जानले विभिन्न सेवा लिए थिए ।शिविरमा व्यवसाय दर्ता, व्यवसाय नवीकरण, व्यवसाय ईजाजतपत्र, योजना सम्झौता, अपांग परिचयपत्र, विभिन्न सिफारिस तथा विषयगत शाखाबाट उपलब्ध हुने सेवाहरु समेत उपलब्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । अधिकृत घर्तीका अनुसार, शिविरमा सामान्य स्वास्थ्य परिक्षण, कृषि तथा पशु सेवा लगायतका सेवाहरुसमेत प्रदान गरिको थियो।

शिविरमा योजना सम्झौता २६ वटा, स्वास्थ सेवा परामर्श ८४५ जना, पशु सेवा तथा औंषधि वितरण ११२१, कृषि बिउ वितरण ११५१ परिवार, गहुँको बीउ माग फारम ४९८ वटा, अपांग परिचयपत्र वितरण १६ जना, छोरी खाता सिफारिस ८, व्यवसाय दर्ता/ नवीकरण/ सुचिकरण ८, कृषि सामाग्री माग निवेदन २३, कुकुरलाई रेविज विरुद्धको खोप २०९ र अन्य १ गरि जम्मा ३ हजार ९०६ सेवा प्रवाह गरेको गाउँपालिकाले उल्लेख गरेको छ ।

गाउँपालिकाले सञ्चालन गरेको उक्त शिविरमा एमबीबीएस डाक्टर छवि नेपालीको टिमले स्वास्थ्य सेवा उपलब्ध गरेको थियो भने विभिन्न फाँटका प्राविधिक कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा शिविर सञ्चालन गरिएको थियो ।