मलेसियामा श्रमिकका समस्या सम्बन्धि पीएनसीसी र दुतावासको हेल्प डेस्क

everest kitchen

मलेसिया । मलेसियाको साहाआलममा प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नपाली दुतावास मलेसियाको समन्वयमा हेल्प डेस्क सम्पन्न भएको छ । अक्टोबर २ तारीखमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक श्रमिकका समस्या समाधान बारे छलफल तथा सुझाव दिएको थियो ।

हेल्प डेक्समा नेपाली दुतावासका सहायक जन सम्पर्क अधिकृत जय गिरीले समसामयिक बिषयहरु जानकारी गराउदै नेपाल र मलेसिया बिच शुन्य लागतको श्रम सम्झौता भएको बताए । उनले भने, ” सुन्नमा आएको छ, मलेसियामा वैदेशिक रोजगारीमा आउन सम्झौता बिपरित धेरै पैसा तिरेर नेपालीहरु आउने गरेका छन । सम्झौता बिपरित पैसा लिने र दिने कार्य नगर्न मेनपावर ब्यावसायीहरु तथा वैदेशिक रोजगारीमा आउन चाहाने नेपालीहरुलाई आग्रह गर्दै यदि कसैले सम्झौता बिपरित पैसा मागेमा नेपाल प्रहरी, परराष्ट्रमन्त्रालय र वैदेशिक रोजगार बोर्डमा उजुरी गर्न सुझाव दिए ।

कम्पनीबाट भागेर अन्य ठाउँमा काम गर्नु आफ्नो जीवनलाई जोखिम पार्नु हो । त्यसैले यदि वास्तविक समस्या परे नेपाली दुतावास, वैदेशिक रोगार बोर्ड तथा परराष्ट्रमन्त्रालयमा उजुरी गरि समस्याको समाधान हुने गिरीले बताए ।

वैदेशिक रोजगारीमा धेरै जोखिमहरु भएको उल्लेख गर्दै हरेक २/२ बर्षमा घर बिदा लिने र सबैले श्रम स्वीकृति नबिकरण गर्न पनि आग्रह गरे ।

पिएनसीसीका संयोजक मछिन्द्रनाथ चापागाईले उपस्थित सबैलाई धन्यबाद दिदै मलेसियामा नेपाली श्रमिकलाई पर्ने समस्याहरु प्राय सचेतना र जानकारीको अभावले हुने र सोकारण नेपाली श्रमिकहरुको सरोकार रहेको कार्यक्रमहरुमा धेरै भन्दा धेरै सहभागी हुन उनलेे आग्रह गरे ।

सहभागीहरुले आफ्ना जिज्ञासा र समस्याहरु कार्यक्रममा जानकारी गराएका थिए । साहाआलाम क्षेत्रका १० वटा भन्दा बढि कम्पनीका कार्यरत श्रमिकहरुको उल्लेख्य उपस्थित रहेको थियो ।