मलेसियामा हुने “सुम्निमा रिया-आईएमई गोल्डकप” अक्टोबर २३ र २४ तारीखमा

everest kitchen

मलेसिया -मलेसियाको ईपोमा सुम्निमा युनाइटेड फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको सुम्निमा गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण सुम्निमा रिया-आईएमई गोल्डकप अक्टोबर २३ र २४ तारीख हुने भएको छ ।

ईपोको वाईमएसिए फुटबल क्लबको खेलमैदानमा सञ्चालन हुने उक्त गोल्डकपमा प्रथम हुनेलाई मलेसियन आठ हजार एक रिङ्गेट नगदका साथै च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुनेलाई मलेसियन रींगेट चार हजार एक नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यस्तै उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत गरिने आयोजक क्लबका फाउण्डर युबराज साम्पाङले जानकारी गराए ।

प्रतियोगितामा वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका १२ फुटबल टिम भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा ११ मुख्य खेलाडि, ४ जना अतिरिक्त खेलाडि र २ जना अफिसियल रहने ब्यवस्था छ । टिम दर्ता गर्ने अन्तिम मिति अक्टोबर १५ तारीख रहेकोछ । सहभागी हुनको लागि दस्तुर पध्र सय मलेसिया रिंगेट लाग्ने छ ।

सुम्निमा युनाइटेड क्लबको स्थापना २०१५ मा भएको थियो । स्थापनाकाल देखि २०१८ सम्म सुम्निमा गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण सम्पन्न भएको थियो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण पाँचौ संस्करण लम्बिएको हो । वैदेशिक रोजगारीको बिकल्प अंगालेका फुटबल खेलाडीहरुका लागि प्रतियोगिता आयोजना गर्न पाउँदा आफु खुसि रहेको क्लबका फाउण्डर साम्पाङले बताए ।

मलेसियामा लामाे समया देखि ब्याबसाया गर्दै आएका युवराज साम्पाङ समाजसेवा, खेल्कुद क्षेत्र लगायत विभिन्न प्रतिभाहरूलाई हौसला दिन विभिन्न कार्यक्रमहरू आयाेजना गर्दै आएका एक परिचित ब्यक्ति हुन ।

पाँचौ संस्करणको प्रतियोगिताको लागि मुख्य प्रायोजक रिया-आईएमईले गरेको छ । यस संस्करणको नामाकरण पाँचौ सुम्निमा रिया-आईएमई गोल्डकप रहेको छ । साथै मिडिया पार्टनर हिमालटाईम्स, सोसियल पार्टनर पिएनसीसी र अफिसियल पार्टनर सा-सुम्निमा एसडिएन बिएचडि रहेकोछ ।