सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको अध्यक्षमा शेर बहादुर रावत

everest kitchen

डडेल्धुरा । सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको तेस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन असोज २२मा डडेलधुरामा सम्पन्न भएको छ । अधिवेशनले दुई वर्षय कार्यकाल को लागि सेर बहादुर रावत को अध्यक्षयतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमिति अध्यक्षमा सेर बहादुर रावत , बरिष्ठ उपाध्यक्षमा सुमि शाहि , प्रथम उपाध्यक्षमा धर्मराज पाण्डे, द्वितीय उपाध्यक्षमा लक्ष्मण खड्का, महिला उपाध्यक्षमा पार्वती सिंह (रिर्चा), महा-सचिवमा दिनेश खड्का”खप्तडि”, कोषाध्यक्षमा राज बहादुर साँउद, सह-कोषाध्यक्षमा टेक बहादुर बुढा रहको छन । रिक्त रहेका पदमा समाजको कार्यसमिती बैठकले पदपुर्ति गर्दै जाने जनाएको छ।

प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहीत, अधिकार र सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले
“सुदूरपश्चिमका लागि सुदूर पश्चिमेली”भन्ने नाराका साथ उक्त स्थापना भएको संस्थाले जनाएको छ ।

समाजका केन्द्रीय अध्यक्ष धन बहादुर बलायरको सभापतित्वमा सम्पन्न भएको उक्त अधिवेशन प्रमुख अथिति गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष नरेन्द्र भाट रहेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।