लघुकथा: बाँदर
निमा शेर्पा
हर्के गुरूबा र धनबहादुर सि एल सी सदस्य बीच चर्काचर्की बहस भै रहेको थियो। धनबहादुर स्कूल भिजिटमा थिए। स्कूलको सबै कुराहरू ठिकठाक थिए तर हर्के गुरूबा अलिकति भिन्नै प्रवृत्तिका मानिस हुनाले कसैसँग मेलमिलाप थिएन।
“फेरि तिमीहरूले पनि मानिसहरू छानीछानी सरकारी पैसा दुरूपयोग गर्न थाल्यौ , एक तल्ले बिल्डिंग बनाई दिएर । ´´हर्केको तर्क। “गरीबको उत्थान देख्नै नसक्ने कस्तो बुद्धिजीवी ! ´´, धनबहादुर कड्किए ।
“कहिलेसम्म गरीबको राजनीति गर्ने तिमीहरू ? कान पाकिसक्यो । उनीहरूलाई बिल्डिंग गाड़ी होइन , कारखानाहरू बनाएर स्थायी नोकरी देऊ ,गरीबी स्वतः हट्नेछ । ´´ हर्के कड्किए ।
सि एल सी सदस्य र स्थानीय सरकारले हर्केलाई सम्झाउन तर्फ लागे, “ हेर तिमी सरकारी जागीरे ! बरू सि एम लाई भनेर बि डि ओ बनाई दिन्छु । यस्तो उट्पट्याङ कुराहरु चैं मसंग गरिहाल्यौ तर अरूसँग चैं पटक्कै नगर्नू नि ! ´´