बहादुर महतोको परिवारलाई ८० हजार आर्थिक सहयोग हस्तान्तरण

everest kitchen

काठमाडौं । महोत्तरीको बर्दिबास-९ पशुपतिनगर र वडा न.७ किसान नगर दुईटै वडाको सिमानामा बर्षौ देखि ऐलानी जग्गामा एउटा झुपप्डिमा बस्दै बहादुर महतोको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

महतोको परिवारको घर निर्माणको लागि उठेको ७९ हजार ९७८ रुपैया उनको परिवारलाई हस्तान्तरण गरिएको हो । बुधबार को दिन बर्दिबास नगर पालिका को उपमेयर तारा देबि , समाजसेवी युवा अमरेश कुमार यादब , रोशन यादव , लघुबित बिकास बैंकको कर्मचारी सुरेन्द्र यादब , समाजसेवी युवा बिशुनदेब महतो , प्रबेश महतो स्थानीय पत्रकार सुरेन्द्र सिंह र त्यहाको स्थानीयहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ ।

आर्थिक समस्याले ग्रसित ,अशक्त ,वृद्ध बहादुर महतोको अवस्था हेरि त्यहाँको स्थानीय युवा रमेश महतो , प्रबेश महतो , पत्रकार सुरेन्द्र कुमार सिंह, ललन मण्डल र मलेशिया बस्दै आएको समाजसेवी सुरेन्द्र महतोले उनको परिवारलाई आवश्यक खाद्यान्न तथा आर्थिक संकलनको लागि समाजिक संजाल मार्फत २०७८ असोज ९ गते अभियान थालेका थिए ।

समाजिक संजालमा अभियान थालेपछि पीडित बहादुर महतोलाई विभिन्न ठाउँ बाट आर्थिक र खाद्यान्न सहयोग हरु आउन थालेपछि अभियान्ताहरुले उनलाई जस्ताको त्यस्तै हस्तान्तरण गर्दै आएको छ ।

महतोको परिवार बस्ने जग्गा बिबादस्पद भएकोले र बस्ने घरको अवस्था अति नै नाजुक भएकोले घर बनाउनको निमित्त चाहिने जग्गाको लागि पनि सम्बन्धित वडा र नगरपालिकामा पटकपटक कुरा राख्दा पनि जग्गा उपलब्ध हुन नसकेको कारणले महतोको घर बनाउनका लागि संकलन गरिएको रकम पीडितको नामबाट बैंकमा खाता खोली रकम जम्मा गरिएको अभियान्ताले बताएका छन।