प्रवासी थारु सेवा समाज मलेसिया र थारु कल्याणकारीणी सभा आपसमा समायोजन

everest kitchen

मलेसिया । प्रवासी थारु सेवा समाज मलेसियाको तेस्रो महाअधिवेशन तथा थारु कल्याणकारीणी सभासंग समायोजन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग‌ैरआवासीय नेपाली संघको सभाहलमा आईतवार सम्पन्न महाअधिवेशनबाट मनिराम थारुको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको छ ।

नव गठित समितिको सभापति मनिराम थारू, उप-सभापति पुरशुराम थारू (एलेक्स), प्रजेश थारू, राधा थारू, महामन्त्री आर पी चौधरी, सह महामन्त्री सागर चौधरी, कोषाध्यक्ष रमेश थारु पन्जियार साथै सदस्यहरु गोबिन्द थारू, मुक्ति थारू, राम बहादुर दहित, अरॐजुन चौधरी, राजिव चौधरी, धन बहादुर चौधरी, अनिल थारु, प्रबिन थारु, रोशन थारु, बुधराम थारु, धर्मेन्द्र चौधरी, सुशील दहित, केशव राजबंसी र संजय चौधरी रहेका छन । साथै संरक्षक घनश्याम थारू (आरएन) रहेका छन ।

कार्यक्रमको सभापतित्व प्रवासी थारु सेवा समाज मलेसियाको पूर्वसभापति मनिराम थारले गरेका थिए भने प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव ईश्वर राई, अतिथिहरु जन सम्पर्क समिति मलेसियाका सदस्य ईन्दु बस्नेत, समाजसेवी रमेश पौडेल , पत्रकार कृष्णप्रसाद गुप्ता लगायत रहेका थिए ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाको विधान बारेमा घनश्याम थारु (आरएन) ले जानकारी गराएका थिए । थारु सामुदायको जनचेतना अभिबृद्धि, उथान, हकहित र पहिचानको लागि थारु कल्याणकारीणी सभा २००५ सालमा स्थापना भएको अग्रणि संस्था भएकोले प्रवासी थारु सेवा समाज मलेसियामा समायोजन भएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि राईले शुभकामना मन्तब्य राख्दै नव गठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । थारु समुदायले नेपालको राज्य ब्यवस्था परिवर्तन र राष्ट्र निर्माणको लागि गरेको योग्दानको चर्चा गर्दै प्रवासमा रहेर पनि आफ्नो समुदाय र राष्ट्रको लागि आवश्यक योग्दान गर्न, हक अधिकार सुनिश्चित गर्न साथै पहिचान कायम राख्न संगठित रहन जुरुरी रहेको बताए । थारु काल्याणकारीणी सभा मलेसिया संग आवश्य सहयोग र सहकार्य गर्न नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया सधै तत्पर रहेकोसमेत उनलेे बताए ।

त्यस्तै कार्यक्रमको सो अवसरमा अतिथि रमेश पौडेलले
शुभकामन मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन आरपी चौधरीले गरेका थिए ।