रुकुममा माओवादीको अगुवाइमा १३ सय किलोमिटर बाटो खनि सकेका छौँ – राजकुमार शर्मा

everest kitchen
राजकुमार शर्मा “आर्ट”

विपेन उलङगे
रुकुम पश्चिम । रुकुम (पश्चिम) निर्वाचन क्षेत्र “ख” का प्रत्येक्ष प्रदेशसभा सदस्य पदका लागि लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा “आर्ट”ले रुकुममा शान्ति प्रक्रियापछि मात्रै विकास भएको बताएका छन् ।

नेता शर्माले जिल्लाको त्रिवेणी गाउँपालिका- ५ र १ वडामा आईतवार आयोजित मतदातासंगको भेटघाट तथा चुनावीसभा कार्यक्रममा बोल्दै शान्ति प्रक्रिया यता १३ सय किलोमिटर बाटो खनेर रुकुमका सबै भुभागमा बाटो पुर्याएको र अब जिल्लाको आठबिसकोट नगरपालिकाको १ नम्बर वडामा मात्रै  बाटो नभएकोले त्यसलाई पनि यश बर्ष नै पुरा गर्ने बताएका छन् ।

नेता शर्माले भने, “रुकुममा बाटोको बिकास भएको छ, खानेपानीको सुविधा छ, बिजुलीको सुविधा छ, स्वास्थ संस्थाहरुको सुबिधा छ तर त्यसलाई जनताले भोग गर्दा चाहिने आवश्यक अर्थतन्त्रको कम्जोर अवस्था छ, अर्थतन्त्रको कम्जोर अवस्थालाई विस्थापित गर्न हामीले बिशेश योजना ल्याउने छौँ, यो हाम्रो प्रतिबद्धता भयो ।

रुकुममा दैनिक ४० हजारबढी दुधको खपत गर्ने डेरि उद्योग स्थापनाको अन्तिम चरणमा रहेको छ, कृषि पकट क्षेत्र अनुसार कामको सुरुवात गरि सकेका छौं, यहाँको कृषि उत्पादनलाई प्रशोधन गर्ने प्रशोधन केन्द्र स्थापना पनि गरि सकेका छौँ, विभिन्न हाईड्रो पावरको निर्माणको चरणमा छ, त्यसैले रुकुम सम्पन्नताको बाटोमा अगाडि बढेको छ, यसले रोजगार र स्वरोजगार हुने अवस्था सिर्जना गर्नेछ, “उनले भने” ।

कृषिमा अनुदान नभई काम गर्न सक्ने किसानलाई सहुलियत ऋण वा बिना व्याजको ऋण उपलब्ध गराउने र दुईचार डोकामा हैन अब दुईचार गाडीका दरले घरघरले उत्पादन बढाउन प्रोत्साहनको नीति लिने उनले बताए । सरकारका कानुनी झन्झट र केही नितिले सरकारी सेवा प्रवाह, जनताको उद्धार लगायतका अत्यावश्यक क्रियाकलापकमा ढिलासुस्ती हुनेहुदा अब आजको आजै काम गर्न सक्ने नीति लिने प्रतिबद्धता सकेत उनले ब्यक्त गरे ।

झक्कु प्रसाद घर्ती मगर

उक्त कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य पदका समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती मगरले व्यवस्था परिवर्तन माओवादीले गरेको र अब अवस्था परिवर्तन पनि माओवादीले नै गर्ने बताए । उनले भने, ” अब सुखी र सम्पन्न बन्ने गरि हामी अगाडि बढ्नुपर्छ, त्यसको लागि हामीले घरघरबाट मेहनतको सुरुवात गर्नुछ, राज्यले जनताले गरेको मेहनतको उत्पादनलाई उचित बजारीकरणको लागि सहयोग गर्नुपर्छ, यसको लागि माओवादी पार्टीले नितिगत रुपमा अगाडि बढाउने उनलेे बताए ।

मिलन खड्का रोका

त्यस्तै माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य पदका समानुपातिक उम्मेदवार मिलन खडका रोकाले महिला नेतृत्वलाई जिताएर निति निर्माणतहमा पठाउदा मात्रै महिलाहरुको हक अधिकार सुनिश्चित हुने बताईन । जनयुद्धको जगमा स्थापित संविधानले नै समानुपातिक पद्धतिको अवस्था सिर्जना गरेकोले अहिले राज्यको नीति निर्माणतहमा महिलाको उपस्थिति रहेको छ, अन्य विभिन्न पछि पारिएका जाति समुदायको पनि सम्मान हक र उपस्थिती रहेको छ । त्यसैले यो व्यवस्था बचाउनको लागि माओवादी प्रत्येक्ष र समानुपातिक भोट दिन आग्रह गरिन ।

कार्यक्रममा स्थानीय आमा समुहहरुको विभिन्न प्रस्तुति, विभिन्न स्थानीय झाँकी प्रस्तुति गरिएको थियो भने स्थानीय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रुकुम पश्चिम निर्वाचन क्षेत्रबाट लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट अर्थ मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा “प्रभाकर” प्रतिनिधिसभा सदस्यको लागि प्रत्येक्ष उम्मेदवार बनेका छन् भने निर्वाचन क्षेत्र “क” बाट माओवादी नेता महेन्द्र केसी “पारसमनि” र “ख” बाट माओवादी नेता राजकुमार शर्मा “आर्ट” प्रत्येक्ष उम्मेदवार बनेका छन् ।

त्यस्तै समानुपातिकको प्रतिनिधिसभाको लागि प्रेम कुमारी सुनार केसी र लक्ष्मी पुन बन्द सुचिका रहेका छन् भने प्रदेशसभा सदस्यको लागि झक्कु प्रसाद घर्ती मगर र मिलन खडका रोका रहेका छन् ।