नेपाली राजदुतावास मलेसिया मंगलबार बिदा हुने, दुतावासका सेवा शुल्क नयाँ निर्धारण

everest kitchen

 

मलेसिया । नेपाली राजदुतावास मलेसिया अक्टोबर १७ मंगलबार बिदा हुने भएको छ । संस्कृति विद तथा शताब्दी पुरुष सत्या महोन जोसीको निधनको शोकमा भोलि एक दिन राजदुतावास पनि बिदा रहने भएको हो ।

त्यस्तै नेपाली राजदुतावास मलेसियाले आफुले प्रवाह गर्दै आएको सेवाहरुको राजस्व शुल्कको दररेट पनि सार्वजनिक गरेको छ । नेपाल सरकारको निर्णय अनुसार दुतावासले राजस्वको दररेट तालमेल गरेर सेवा प्रवाह सम्बन्धि दररेट सार्वजनिक गरेको हो ।