पर्यटक उम्मेदवार भन्दा स्थानीय उम्मेदवारलाई जिताउन मकवानपुर २ “ख” का उम्मेदवार थापाको आग्रह

everest kitchen

मनहरी । नेकपा एमाले मनहरी गाउँ पालिका वडा नं. ३ को बिस्तारित बैठकबाट संयोजक धिरज पौडेल उप संयोजक उमा ओझा लगायत २०१ सदस्य समितिको चुनावी प्रचार प्रसार समिति गठन भएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ३ का पार्टी कमिटी अध्यक्ष अनिल पुडासैनी त्यस्तै प्रमुख अतिथि बागमती प्रदेश कमिटी सदस्य श्याम कुमार ढकाल त्यस्तै बिशिस्ट अतिथि मकवानपुर क्षेत्र नं. २ “ख” का उम्मेदवार मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष लाल बहादुर थापा,जिल्ला सचिवालय सदस्य सुन्तली चेपाङ ,जिल्ला कमिटी सदस्य लक्ष्यमान उप्रेती,मनहरी गाउ कमिटी अध्यक्ष नवीन सुवेदी,राक्सिराङ गाउँ कमिटीका अध्यक्ष रोहन लामा, एमाले नेत्री मनिला बिष्ट लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा उम्मेदवार थापाले बाहिर बाट आयातित उम्मेदवारहरु पर्यटक बनेर आए पनि पटक पटक चुनाव जिताए पनि यश क्षेत्रमा कुनै पनि बिकासको काम नगरेकोले संघिय उम्मेदवार महेश बर्तौला र उम्मेदवार थापा आफैं दुबै जना यसै क्षेत्रको भएको पहिलो पटक दुबै जना भूगोलले चिनेको क्षेत्रले चिनेको नाताले चुनाव जित्ने बिश्वस्त रहेको बताए।

उक्त कार्यक्रम बाट चुनावी बुथ प्रतिनिधि कमिटी स्वंम सेवक कमिटी गठन भएको थियो