जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

everest kitchen

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएको बताएका छन ।

बिगतमा गरेका एमाले गरेका कामका कारण पनि एमालेको बिजय कसैले रोक्न नसक्ने धारणा राखे । आज हेटौंडा ५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्बार श्रेष्ठले प्रदेशको
राजधानीलाई अझ बिकास गर्न जरुरी रहेको बताए ।

नेकपा एमाले विरुद्ध बनेको गठबन्धन जनतालाई सुख हैन दुख दिने नियतले आएको थियो । नेकपा एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक गराउन एमालेले जित्न आवश्यक रहेकोमा उम्मेद्बार श्रेष्ठको जोड थियो ।

मुलुकमा भैरहेको राजनीतिक षड्यन्त्र रोक्न एमाले नेतृत्वलाई सबै मिलेर स्थापित गराउनु पर्ने भनाई राखे । अहिले अर्थतन्त्रको अवस्था कहालीलाग्दो हुँदै गैरहेको भन्दै देशलाई अगाडि बढाउन, अर्थतन्त्र बलियो बनाउन एमालेले जित्नुको विकल्प नभएको प्रस्ट पारे ।बिपक्षीहरुले एमले विरुद्ध भ्रम फैलाउन सुरु गरेको भन्दै यसलाई चिरेर योजनाबद्ध ढंग बाट अगाडि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एबम हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत,नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाल, इन्द्र नेपाललगायत सहाभागी थिए ।