मलेसियामा हुने पाँचाै सुम्निमा रिया आइएमई सुम्निमा गाेल्ड कपमा १२ टिम भिड्ने

everest kitchen

काठमाडौं । पाँचाै सुम्निमा रिया आइएमई गाेल्ड कपमा १२ टिम सहभागी भएका छन । साईनिङ स्टार क्लब बाहेक अन्य ९ वटा टिमले पहिलाे पटक सहभागिता जनाएका छन् ।

पहिलो उद्घाटन खेल २३ तारीखमा आयोजक सुम्निमा युनाईटेड क्लब ए र एनभिसी क्लब बिच हुनेछ । दोस्रो खेल आयोजक सुम्निमा युनाईटेड “बि” र युनिक क्लब, तेस्रो खेल जुरु क्लब र ड्रिम क्लब, चौथो खेल हिमालयन क्लब र सेनेवाङ क्लब, पाचौं खेल गोर्खा ब्याइज र एमपिसी क्लब साथै छैठौं खेल सिटि एक्सप्रेस र साइनिङ स्टार बिच हुने छ ।

क्वाटर फाइनल, सेमि फाइनल र फाइनल खेल २४ तारीख हुने छ । खेल नकआउट पद्धति बाट हुने र खेल समयमा अनुपस्थित टिम स्वतह आउट हुने आयोजकले बताएको छ ।

यस गोल्डकपको बिजेताले ८००१ रिंगेट नगत, च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगत ४००१ रिंगेट, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिलडर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी बिधामा पनि पुरस्कृत गरिने भएको छ ।

गोल्डकपको मुख्य प्रयोजक रिया आईएमई मोनि ट्रान्सर्फमर, सोसीयल पार्टन प्रवासी नेपाली समन्वय समिती, मिडिया पार्टनर हिमाल टाईम्स र अफिसियल पार्टनर शा-सुम्निमा एसएनडी बिएचडी रहेको छ ।