इन्स्टापे मलेसियाले ल्यायो ग्लाईड प्रिपेड कार्ड

everest kitchen

क्वालालम्पुर । अक्टोबर १८ तारीख एक समारोह बिच इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिले ग्लाईड प्रिपेड कर्पोरेट कार्डको लन्च गरेकोछ । यस सुरुवातको पहिलो वर्षमा एक लाख ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोगकर्ता हुने अपेक्षा गरेको इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिका सह-संस्थापक तथा कार्यकारी प्रमुख रजनीश कुमारले बताए ।

ग्लाइड एक प्रिपेड मास्टरकार्ड हो, यस कार्ड कम्पनीहरुको खर्च व्यवस्थापन गर्न मद्दत गर्न डिजाइन गरिएको हो। यसले नगदको प्रयोगलाई कम गर्नुकासाथै कम्पनीको अनाधिकृत खर्चको नियन्त्रण तथा तथ्यांक राख्न मदत गर्ने बताएको छ ।

व्यवसायहरूलाई आफ्नो बजेट सेट गर्न र खर्च नीतिहरू निर्माण गर्न मदत गर्न । ग्लाइड कार्डबाट कुन कुन शिर्षकमा खर्च गर्न सकिने र नसकिने त्यस बिषयमा कम्पनीले नियन्त्रण गर्न सक्ने बताएको छ । किनमेल, यात्रा र मनोरन्जन कार्डको रूपमा पनि प्रयोग गर्न सकिन्छ । ग्लाइड कार्डको लिमिट दस हजार रिंगेट रहेको कार्यकारी प्रमुख रजनीशले बताए ।

ग्लाइडका साझेदार व्यापारीहरूसंग ग्राहकहरूलाई किनमेलमा छुटहरू प्रदान गर्नेसमेत योजना रहेको छ । जसका कारण ग्राहकहरूले उनीहरूको आधिकारिक खरिदहरूको लागि ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोग गर्दा थप फाईदा हुनेछ।

ग्लाइड पे-सोल एसडिएन बिएचडिको स्वामित्वमा छ र मास्टरकार्डसँग साझेदारीमा इन्स्टापे टेक्नोलोजी द्वारा संचालित छ ।