एमाले बिकासमा केन्द्रीत हुन्छ झुठो आश्वासन दिदै हिड्दिन – उम्मेदवार थापा

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले नेकपा एमाले ले झुठो आश्वासन दिदै हिड्ने पार्टी नभई राष्ट्र,राष्ट्रियता र बिकासको लागि निरन्तर लागि पर्ने पार्टी रहेको बताएका छन।

एमाले राक्सिराङ ६ को वडा कमिटीको बिस्तारित बैठक तथा चुनावी प्रचार प्रसार सम्पर्क कार्यलय उद्घाटन कार्यक्रमा उम्मेदवार थापाले म यसै भूगोलको मात्रै नभई यहि जन्मेको यश क्षेत्रमा सबैले चिनेको हुँदा चुनाव जित्ने बिश्वास भएको र ईन्द्र बानियाँले जस्तै आफ्नै निजि पैसाले यो बाटो बनाउछु त्यो बाटो बनाउछु भनि भ्रम नफैलाउने र जिताएर पठाएमा थापाले केही गर्‍यो है भन्ने काम गर्ने बताए।

त्यस्तै उक्त कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष मोतीराम प्रजाको अध्यक्षता,प्रमुख अतिथि मकवानपुर क्षेत्र नं २ ख को प्रचार प्रसार संयोजक एकराज उप्रेती , बिशिस्ट अतिथि,उम्मेदवार थापा जिल्ला कमिटी सदस्य सिंग लाल प्रजा ,बखत बहादुर प्रजा,गाउँ कमिटी अध्यक्ष रोहन लामा,युवा संघ जिल्ला कमिटी अध्यक्ष लक्ष्य मान उप्रेती रिटर्नी फेडेरेसन बागमती प्रदेश कमिटी उपाध्यक्ष राम चन्द्र लोप्चन लगायतको नेताहरुको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रम समापन गर्दै पार्टी वडा कमिटी अध्यक्ष प्रजाले २०५१ साल देखि एमाले जिताउन अग्रगामी भुमिका खेल्दै आएको र यश पटक पनि अबसरवादी नेताहरुलाई परस्त गरि महेश बर्तौला र लाल बहादुर थापा जिताउन आतुर रहेको बताए।