विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

everest kitchen
सांकेतिक तस्बिर

विपेन उलङगे
काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा व‌ैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।

विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।

विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।

हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।

कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।