बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ : कुमारी मोक्तान

everest kitchen

हेटौडा । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी छन् ।

हेटौडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मोक्तानले संविधानको कार्यन्वयन र रक्षाको लागि गठबन्धन अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी हुन। गठबन्धन देशको लागि अहिले आबश्यकता भएकोले हामी शान्ती सम्झौता पश्चात बनेको सम्बन्ध हालसम्म आइपुग्दा सबै शक्तिहरु एकै ठाउँमा रहेको बताईन।

संविधानको रक्षार्थ र संविधान कार्यान्वयनका निम्ति यो गठबन्धन अझै अगाडी बढ्ने उनलेे बताईन । कार्यकर्ता भेलामा गठबन्धनका जिल्ला अगुवा नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको थियो ।