एक लाख राशिको “राइजिंग कप”को उपाधि त्रिवेणी-४ लाई

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी -९ मा आयोजित खुला भलिबल प्रतियोगिताको “राइजिंग कप”को उपाधि रुकुम को त्रिवेणी-४ ले हात पारेको छ । द राइजिङ यूवा क्लब त्रिवेणी गाउंपालिका वडा नंम्बर ९ द्धारा आयोजित एक लाख राशिको पहिलो “राइजिंग कप” रुकुम पश्चिमकै त्रिवेणी-४ ले हात पारेको हो ।

कार्तिक  ३ देखि ६ गत्ते सम्म सञ्चालित खुला वडा स्तरीय भलिबल प्रतियोगिताको विजेता बनेसंगै प्रथम हुने टिमले एक लाख एक हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेको हो । त्यस्तै प्रतियोगितामा त्रिवेणी -८ उपविजेता बनेको छ । उपविजेता टिमले ५१ हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै प्रतियोगितामा सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ५ ले तेस्रो स्थानमा चित्त बुझाएको छ । उक्त टिम तेस्रो हुदा सान्त्वना पुरस्कार स्वरुप ३१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा रुकुम , सल्यान, रोल्पा लगायतबाट २२ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।