पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप सुरु: प्रतियोगितामा १२ टिम सहभागी

everest kitchen
खेलमा सहभागी टिम

मलेसिया । पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप अक्टोबर २३ तारीखबाट शुरुवात भएकोछ । नकआउट चरणको ए र बि समुहमा बिभाजन गरि खेल १२ टिम बिच प्रतिस्पर्धा भईरहेको छ ।

२३ र २४ तारीख हुने गोल्डकप प्रतियोगिताको पहिलो दिन आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब ए र एनवाईसी फुटबल क्लब बिचको उद्घाटन खेलमा १-० गोल अन्तरले सुम्निमा युनाईटेड फुटबल क्लब ए ले बिजय शुरुवाट गरेको छ । दोस्रो खेल आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब बि बिरुद्ध युनियन फुटबल क्लबको खेल भएको छ । सुम्निमा युनाईटेड फुटबल क्लब बि ले ३-० नतिजा निकाल्दै जित दर्ता गरेको छ ।

तेस्रो खेलमा जुरु फुटबल क्लबले ६-० को गोल अन्तरले ड्रिम फुटबल क्लब बिरुद्ध जित हासिल गरेको छ । चौथो खेल हिमालयन फुटबल क्लबले प्रतिद्वन्द्वी सेनावाङ फुटबल क्लबसंग १-० को जित हासिल गरेको छ भने पाँचौ खेल गोर्खा ब्याइज फुटक्लबको प्रतिद्वन्द्वी पियमसी फुटबल क्लबको अनुपस्थितीमा गोर्खा ब्याइजलाई बिजयी घोषना गरिएको छ ।

नकआउट चरणको अन्तिम खेल सिटि एक्स्प्रेस फुटबल क्लब बिरुद्ध साईनिङ स्टार फुटबल क्लबको खेल फुल टाइममा १-१ बराबर गोल भएको थियो । नतिजाको लागि पेनाल्टी सुट मार्फत सिटि एक्स्प्रेसले ५-४ गोल स्कोरले साईनिङ स्टार फुटबल क्लबलाई पराजय गर्दै सेमिफाइनलमा पुगेको छ । यस्तै आयोजक सुम्निमा युनाईटेड फुटबल क्लब बि पनि सेमिफाइनलमा प्रबेश गरेको छ ।

यद्यपि जुरु फुटबल क्लब र गोर्खा ब्याइज फुटबल क्लब , सुम्निमा युनाईटेड फुटबल क्लब बि र हिमालयन फुटबल क्लब बिचको बिजेता टिमले सेमिफाइनल खेल्ने छन । सेमिफाइनबाट समुह बिजेता दुईवटा टिमबीच उपाधीको लागि फाईनल खेलको प्रतिस्पर्धा हुनेछ ।

विजेताले नगत ८ हजार १ रिंगेट, च्यापियन ट्रफी, मेडल र प्रमाणपत्र साथेै उपविजेताले ४ हजार १ रिंगेट, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस गोल्डकपको मुख्य प्रयोजक रिया आइएमई मोनिट्रस्फर, सोसियल पार्टनर पिएनसीसी, मिडिया पार्टनर सिमालटाइम्स र अफिसियल पार्टनर सुम्निमा एसडिएन बिएचडि रहेको छ ।