मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा

everest kitchen

सविन लोप्चन तामाङ
हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् ।

नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी भेगको गाउँहरु पन्ध्र सोला,बाँसघारी,सेर सेर,ठूलो बसेनी, डुमारे, लेक पानी,ज्यामिरे लगायतका गाउँहरुमा पुगेर चुनावी कार्यक्रम गर्ने तथा पार्टी प्रवेशका कार्यक्रम गरि रहेका छन् ।

सो अवसरमा एक सयभन्दा बढी स्थानीयहरुले पार्टी प्रवेश गरेको एमाले गाउँ कमिटीले बताएको छ । गाउँले चिनेको भुगोलले चिनेको यसै क्षेत्रमा हुर्केको युवाहरु उम्मेदवार भएको सुनेपछि पार्टी प्रवेश गर्न र उम्मेदवारलाई सघाउन आएको स्थानीय रामलाल रुम्बाले बताए ।

पार्टी प्रवेश गर्नेहरुलाई उम्मेदवार द्वोय बर्तौला र थापाले खादा माला अबिर लगाउदै स्वागत गरेका थिए भने उम्मेदवार थापाले जनताको जन गुनासो जनताले मागेको बजेट अनुसार नीति बनाएर काम गर्ने बताए।

उम्मेदवार बर्तौलाले आफुले जिते पछि आफ्नो क्षेत्रमा बिगत २० बर्ष सम्म बिरोधले गर्न नसकेको काम ५ बर्ष गरि दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष तथा हेटौंडा १९ का पार्टी वडा कमिटी अध्यक्ष राज कुमार मल्ल रले कार्यक्रम समापन गर्दै अब एमाले बिजयको लहर सहित देश एमालेमय हुँदै गएको र सबै वडा बासी लाई मन दायाँबायाँ नगरी सुर्यमा मतदान गर्न अनुरोध गरेका थिए।