मलेसियामा “किराँत याक्थुङ चुम्लुङ मलेसिया”को देउसीभैलो कार्यक्रम

everest kitchen

काठमाडौं । मलेसियामा “किराँत याक्थुङ चुम्लुङ मलेसिया”को देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुर आसपासमा संस्थाले देउसीभैलो कार्यक्रम गरेको हो ।

देउसीभैलोबाट संस्थाले ६ हजार ६०० रिङ्गेट झन्डै १ लाख ८५ हजारबढी रकम संकलन गरेको संस्थाले जनाएको छ ।
उक्त संकलित रकमलाई आउदै गरेको उधौली पर्वलाई मनाउन खर्च गर्ने लक्ष्य राखेको संस्थाले जनाएको छ । उक्त पर्वलाई सुनुवारले फोलस्याँदर, राईले उधौली साकेला, याक्खाले चासुवा र लिम्बुहरूले चासोक तङ्नाम भन्ने गरेको पाईन्छ ।