लघुकथा – पीडाचिरञ्जीवी काफ्ले
माइलाको घरमा बा बिरामी हुनु भएको लामो समय भयो ।
अलि अलि भएको रुपैया पैसा पनि सबै टकटकियो । आफूसंग भएको बेच्न मिल्ने र सक्ने जति बेचेर पनि जन्म दिने बाको उपचारमा खर्च गर्नु नै थियो । आफन्तहरु पनि हस्पिटलको बसाइ बसुन्जेल कोही आएनन् । आउनेहरुको पनि खासै अर्थ देखिएन । सायद माइलाको समस्यामा ढाडस दिनेको अभाव भएर होला , उसको मन एक तमासको भएको थियो ।
ऊ सोच्न थाल्यो , “समाज र आफन्तको स्वभाव पनि बिचित्रको छ ,गाउँमा कसैको बिवाह ब्रतबन्ध वा अन्य कुनै शुभ कर्म हुँदैछ भने निमन्त्रणाको खोजी नीति हुन्छ तर अस्पतालको सैंयामा उपचार भइरहेको बिरामीको बारेमा कोही सोध्न चाहँदैन । ´´
डाक्टर आए । जाँचेर घर लान भने । घरमा बिरामी ल्याएपछि भेटन आउने आफन्तहरुलाई चिया पानी खुवाउनु पर्दा माइलाको पीडा झन बढ्यो । बिचरी बुढीले छरछिमेक चाहारेर चिया खर्च टारिन्। यता आउने आफन्त भने बिरामीको घर टेकेपछि मोबायल चलाउँछन् । पासपोर्ट मागेर फेसबुकमा भुल्छन् । खर्च बर्च र बिरामीको स्वास्थ्यबारे कुनै चासो नै हुन्न । उता माइलालाई भने आफन्त आउँदा झिनो आस पलाउँछ अनि आफैं भित्र ओइलाएर जान्छ ।