बिगतको नेतृत्व जस्तै जितेपछि हराउदिन म सधैं मतदातासँग हुन्छु – उम्मेदवार थापा

everest kitchen

मनहरी । मंसिर ४ मा हुन गईरहेको आसन्न निर्वाचनको लागि मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले आफुले जिते बिगतको नेतृत्व जस्तै जितेपछि अनुहार नदेखाउने नभई सधै मतदाताको सम्पर्कमा रहने बताएका छन। मकवानपुरको मनहरी -६ वडाको विभिन्न टोलहरुमा भएको चुनावी घरदैलो कार्यक्रममा यस्तो बताएका हुन ।

कार्यक्रममा उम्मेदवार थापाले आफुले जिते युवालाई उद्दमी बनाउने, पर्यटन क्षेत्रको सम्भावना रहेको ठाउँहरुलाई पर्यटन क्षेत्र बनाउने,आफ्नो निर्वाचन क्षेत्रमा रहेको वडाहरु बाट माग भएको परियोजनाहरुलाई सम्बोधन गर्दै ५ बर्षमा सु -सम्पन्न र बिकासले भरिपूर्ण क्षेत्र बनाउने बताए।

घरदैलो कार्यक्रममा थपासंगै क्षेत्र नं. २ का प्रतिनिधिसभाका प्रत्येक्ष उम्मेदवार महेश बर्तौलाको उपस्थितिमा उक्त कार्यक्रमहरु सम्पन्न भएको थियो।