माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह

everest kitchen

रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले विगतमाओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई नै भोट माग्न आएको बताएका छन् । रुकुम पश्चिमकबध बाम-लोकतान्त्रिक गठबन्धनको शनिबार त्रिवेणीको पेउघामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेता शाहले यो मुलकमा एउटै पार्टीले मात्रै विकास र परिवर्तन गर्न सक्दैन, यो मुलुकमा काङ्ग्रेसको मात्रै सरकार चल्न नसक्ने र कम्युनिस्ट पार्टीको मात्रै सरकार चल्न नसक्ने अवस्थाले देश बनाउन बाम-लोकतान्त्रिक गठबन्धनको आवश्यकता हो, त्यसैले मैले कालो मोसो र जुत्ताको माला विर्सिएको छु, शाहले भने” ।

उनले विगतमा रुकुम पश्चिमको निर्वाचन क्षेत्र “ख”का माओवादीका उम्मेदवार राजकुमार शर्माले आफुलाई कालोमोसो लगाएको स्मरण गर्दै हामीहरुबीचको सरसल्लाह र देश बनाउने अठोटले गर्दा मैले गठबन्धनको समर्थन गरेर जानुपरेको हो र यो आवश्यकता हो भन्दै, यो सुनौलो अवसर र एकतामा राजकुमार शर्मालाई प्रत्येक्षमा भोट हाल्न आग्रह गरे ।

काङ्ग्रेसका साथिहरुलाई लाग्न सक्छ, हिजो जनार्दन शर्मालाई खुब गालि गर्नेले जनार्दनलाई भोट माग्छ तर यो आवश्यकता हो र बाध्यता भएकोले बिचलित नहुन आग्रह शाहले गरे । देशको भलोको लागि र नेतृत्व र गठबन्धनको निर्णय अनुसार यसपटक जनार्दनले टिकट पाएको र आफुले टिकेट नपाएकोले जनार्दनको समर्थनमा भोट माग्न परेकोले यसपटक जनार्दनलाई जिताउन उनले आग्रह गरे ।

नेता शाले २०४८ सालमा आफुले जनार्दनलाई हराएको र पछि २ पटक चुनाव हारेको स्मरणसमेत गरे । साथै उनले यसअघि काङ्ग्रेस र माओवादीबीचका मुद्दाहरु फरच्युट गर्न चाहेको बताए ।