अर्थमन्त्री जनार्दन शर्माको चुनावी सभामा रुकुमका नेताहरू कसले के भने?

everest kitchen
अर्थमन्त्री शर्मा र नेता शाह मयुर नाच्दै

जनताको चाहना,आवश्यकता अनुसार र पार्टीको निर्णय अनुसार मेरो चौथोपटक उम्मेदवार हो – अर्थमन्त्री शर्मा

काङ्ग्रेस कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार तारक केसीलाई कारबाही गरिन्छ – मानबहादुर नेपाली

माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह

एकघर एकरोजगार सिर्जना गर्छौं – झक्कु प्रसाद घर्ती मगर

हिजो एकर्काको रगतको प्यासी जस्तै व्यवहार गर्ने हामीहरु एक भएका छौँ – लक्ष्मी पुन

रुकुमबाट केन्द्रको शक्तिमा जान सक्ने व्यक्ति जनार्दन मात्रै हुन – एकीकृत समाजवादीका नेता हरिप्रसाद शर्मा

उम्मेदवार शर्माबाट देशलेनै सकरात्मक अपेक्षा गरेको छ – समाजवादीका नेता अमर वली

विपेन उलङगे,
रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव, अर्थमन्त्री तथा रुकुम पश्चिमका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार जनार्दन शर्मा “प्रभाकर”ले विकासका सन्दर्भमा राजनीति नगरेर सहकार्य गरेर जाने काम गठबन्धनले गर्ने बताएका छन ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको पेउघामा शनिबार आयोजित बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले सबैको भावहरु समेटेर जान र प्रतिगमनको विरुद्ध जानुपर्ने र उपलब्धिहरुको रक्षाको लागि गठबन्धन भएको बताए ।

त्यस्तै उनले चौथोपटकको आफ्नो उम्मेदवारी जनताको आवश्यकता र पार्टीको निर्णय अनुसार भएको बताएका छन् । उनले, भने, ” मैले जनतालाई धोका दिएको छ‌ैन । जनताको चाहना र रुकुमका जनताको आवश्यकता अनुसार निति निर्माण गरेको छु । हरेक नीति तथा कार्यक्रममा रुकुमका जनताको अनुहार हेरेर काम गरेको छु, तसर्थ रुकुमी जनताको माया र पार्टीको निर्णय अनुसार फेरि जिम्मेवारी लिन खोजेको हुँ ।

उनले अगाडि थपे “जिल्लाको सन्दर्भमा बाटाहरुको स्तर उन्नति गर्नुछ, घरघरमा धारा सबै ठाउँमा अझै नपुगेकोले घरघरमा धारा पुर्याउनु छ, शिक्षामा सुधार गर्नुछ: प्रविधिमैत्री शिक्षा उपलब्ध गराउनुछ, स्वास्थ्यको आवश्यकता अनुसार रुकुममै मेडिकल कलेज खोल्नुछ: जसले काठमाडौंका हुने सुविधा जिल्लाम‌ै हुनेछ, यतिले मात्रै नपुग्ने भएकोले जिल्लालाई आर्थिक विकासमा लिने र रोजगारको सिर्जना गरेर जनशक्तिको उत्पादन र परिचालन गर्ने योजना छ” ।

साथै उनले धेरै राष्ट्रिय कार्यभारहरु आफुमा भएकोले राष्ट्रिय सहमति र सहकार्यमा आफुले भुमिका खेल्ने र सिंगो देशलाई आर्थिक सम्पन्न, राष्ट्रिय सुरक्षा, स्पष्ट विदेश निति निर्माणमा आफू लाग्ने बताए ।

काङ्ग्रेस कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार तारक केसीलाई कारबाही गरिन्छ – मानबहादुर नेपाली

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले देशको संविधान निर्माणको नेतृत्व काङ्ग्रेसले गरेको र शान्ति संविधानको प्रमुख हकदार र जिम्मेवार पार्टी काङ्ग्रेस भएकोले संविधानको रक्षाको लागि  गठबन्धन भएको र गठबन्धनको निर्णय अनुसार रुकुममा माओवादीका उम्मेदवार र अन्य स्थानमा काङ्ग्रेस उम्मेदवारहरु रहेकोले गठबन्धनका निर्णय र आवश्यकता अनुसार चुनावी अभियान सुरु गरेको बताए ।

साथै उनले गठबन्धनको निर्णय बिरुद्ध जाने काङ्ग्रेसका कार्यकर्ता तथा रुकुम पश्चिमबाट प्रतिनिधिसभाको स्वतन्त्रत उम्मेदवार तारक केसीलाई पार्टीबाट निस्कासन गरिने बताए ।

माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह

नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले विगतमाओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई नै भोट माग्न आएको बताएका छन् । रुकुम पश्चिमकबध बाम-लोकतान्त्रिक गठबन्धनको शनिबार त्रिवेणीको पेउघामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेता शाहले यो मुलकमा एउटै पार्टीले मात्रै विकास र परिवर्तन गर्न सक्दैन, यो मुलुकमा काङ्ग्रेसको मात्रै सरकार चल्न नसक्ने र कम्युनिस्ट पार्टीको मात्रै सरकार चल्न नसक्ने अवस्थाले देश बनाउन बाम-लोकतान्त्रिक गठबन्धनको आवश्यकता हो, त्यसैले मैले कालो मोसो र जुत्ताको माला विर्सिएको छु, शाहले भने” ।

उनले विगतमा रुकुम पश्चिमको निर्वाचन क्षेत्र “ख”का माओवादीका उम्मेदवार राजकुमार शर्माले आफुलाई कालोमोसो लगाएको स्मरण गर्दै हामीहरसबीचको सरसल्लाह र देश बनाउने अठोटले गर्दा मैले गठबन्धनको समर्थन गरेर जानुपरेको हो र यो आवश्यकता हो भन्दै, देशको यो सुनौलो अवसर र एकतामा राजकुमार शर्मालाई प्रत्येक्षमा भोट हाल्न आग्रह गरे ।

काङ्ग्रेसका साथिहरुलाई लाग्न सक्छ, हिजो जनार्दन शर्मालाई खुब गालि गर्नेले जनार्दनलाई भोट माग्छ तर यो आवश्यकता हो र बाध्यता भएकोले बिचलित नहुन आग्रह शाहले गरे । देशको भलोको लागि र नेतृत्व र गठबन्धनको निर्णय अनुसार यसपटक जनार्दनले टिकट पाएको र आफुले टिकेट नपाएकोले जनार्दनको समर्थनमा भोट माग्न परेकोले यसपटक जनार्दनलाई जिताउन उनले आग्रह गरे ।

नेता शाले २०४८ सालमा आफुले जनार्दनलाई हराएको र  पछि २ पटक चुनाव हारेको स्मरणसमेत गरे । साथै उनले यसअघि काङ्ग्रेस र माओवादीबीचका मुद्दाहरु फरच्युट गर्न चाहेको बताए ।

रुकुमको साझा नेता गोपालजिजङ्ग शाह हुन- माओवादी नेता अनल

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व कर्णाली प्रदेशका अर्थमन्त्री गोपाल शर्मा अनलले अहिलेको रुकुमको साझा नेता गोपालजिजङ्ग शाह हो, आज हामी एउटै पार्टी हो । किन भने शान्ति र सम्बृद्धीको हामी एक भएका छौं ।

रुकुममा अन्य पनि उम्मेदवार भएको तर उनीहरू जित्नको लागि नभएर हामी पनि उम्मेदवार भएका हौ भन्नको लागि मात्रै उम्मेदवार भएको बताए । साथै उनले रुकुममा एमाले नभएको दावी गरेका छन् । उनले भने, “रुकुमको एमाले भनेको बिमल कुमार पुन र हरीप्रसाद शर्मा लगायतका नेताहरु थिए तर आज उहाँहरु एकीकृत समाजवादीमासंगै गठबन्धनमा हुनुहुन्छ त्यसैले रुकुममा एमालेनै छैन ।

आर्थिक सम्बृद्धी र समाजिक रुपान्तरण अभियानमा साथ दिनुहोस – उम्मेदवार शर्मा

माओवादी केन्द्रका नेता तथा रुकुम पश्चिम चुनावी क्षेत्र नम्बर “ख” का उम्मेदवार राजकुमार शर्माले आफुहरुले थालेको आर्थिक सम्बृद्धी र समाजिक रुपान्तरणको अभियानमा साथ दिन आग्रह गरेका छन् । जनताको आर्थिक, शैक्षिक, सामाजिक जीवन स्तरमा परिवर्तन ल्याउन आफ्नो उम्मेदवारी भएको बताउदै कार्यक्रममा विभिन्न आफ्ना प्रतिबद्धताहरु राखेका थिए ।

एकघर एकरोजगार सिर्जना गर्छौं – झक्कु प्रसाद घर्ती मगर

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती मगरले एकघर एकरोजगार सिर्जना गर्ने गरि अगाडि बढीको बताएका छन् । हरेक नागरिक परिश्रमी र सम्पन्नशाली बन्न पाईने तर गरिब बन्न नपाईने गरि अब निति तथा कार्य योजनाहरु अगाडि बढाईने उनले बताए ।

राष्ट्र निर्माण र सार्बभौमसत्ताको लागि र त्रिवेणी, रुकुम र कर्णालीको जनताका आवश्यकता पूरा गर्न र विकास र एकघर एकरोजगारीको लागी गोलाकारभित्रको हसिया हतौडाभित्र मतदान गर्नसमेत उन आग्रह गरे । नेता मगरले जनयुद्ध र जनआन्दोलनको बलले अहिलेको व्यवस्था आएकोले यो व्यवस्था जोगाउन सफल बनाउन सबैले साथ दिन समेत आग्रह गरे ।

हिजो एकर्काको रगतको प्यासी जस्तै व्यवहार गर्ने हामीहरु एक भएका छौँ – लक्ष्मी पुन

प्रतिनिधिसभा सदस्यको लागि माओवादी केन्द्रको तर्फबाट समानुपातिक उम्मेदवार लक्ष्मी पुनले हिजो एकर्काको रगतको प्यासी जस्तै व्यवहार गर्ने काङ्ग्रेस, माओवादी लगायतको पाँच दलीय गठबन्धन २०६२/६३ को जनआन्दोलनपछि फेरि एक भएको र सिंगो नेपाललाई अभिभावकीय भूमिका गर्ने अठोटका साथ गठबन्धन अगाडि बढेको बताईन ।

साथै पुनले दुईदुई पटक प्रतिनिधिसभाको हत्या गर्ने केपी ओलीलाई मतदान नगरेर बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नसमेत आग्रह गरिन ।

रुकुमबाट केन्द्रको शक्तिमा जान सक्ने व्यक्ति जनार्दन मात्रै हुन – एकीकृत समाजवादीका नेता हरिप्रसाद शर्मा

रुकुम पश्चिमको समाजवादीका संयोजक हरी प्रसाद शर्माले केपी ओली प्रतिगमनको विरुद्ध पाँच दलीय गठबन्धन एक भएकोले प्रत्येक्षतर्फ गोलाकार भित्रको हसिया हतौडा भित्र मतदान गर्न आग्रह गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “जसले चुनाव जितेपनि रुकुम जिल्लाको नेता तथा राम्रो अभिभावक जनार्दन शर्मा बन्न सक्नुहुन्छ, त्यसैले उहाँलाई नेतृत्वका लागि पठाउदै छौँ, किनकी, रुकुमबाट केन्द्रको शक्तिमा जान सक्ने व्यक्ति उहाँमात्रै हो, उहाँ केन्द्रमा रहेर रुकुम र समग्र कर्णलीको विकासमा केन्द्रित भएर राज्य सञ्चालन गर्नुहुनेछ,”  ।

उम्मेदवार शर्माबाट देशलेनै सकरात्मक अपेक्षा गरेको छ – समाजवादीका नेता अमर वली

समाजवादी पार्टीका केन्द्रीय सदस्य अमर वलीले जनार्दन शर्मा “प्रभाकर” रुकुमको मात्रै नभई सिंगो नेपालको नेता भएको बताएका छन् । देशका विभिन्न मुद्दा र आवश्यकतामा नेता शर्माले सक्षम भुमिका खेल्ने सक्ने क्षमता भएको नेता वलीले बताए ।

उनले भने, ” उहाँले उज्यालो रुकुम अभियानलाई देशलाई नै उज्यालो अभियानमा जोडेर देशलाई उज्यालो बनाएकोले उहाँबाट सिंगो राष्ट्रलेसमेत सकरात्मक अपेक्षा गरेको छ ।

 

कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रेमकुमारी सुनार केसी , प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार मिलन खडका लगायतका बाम- लोकतान्त्रिक गठबन्धनका नेताहरू र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।